स्याङ्जामा नौ वर्षीय बालकको निर्मम हत्या

स्याङ्जामा नौ वर्षीय बालकको हसिँयाले हानेर निर्मम हत्या भएको छ ।

अर्जुनचौपारि गाउँपालिका वडा न.६ सिउँडीबारी घर भएका शोभाकर देवकोटाको नौ वर्षका छोरा हर्सित देवकोटाको शुक्रबार हत्या भएको हो । देवकोटालाई सोही स्थान घर भएका २१ वर्षीय सुजन सुवेदीले पटकपटक टाउकोमा हसिँयाले हानेर भीरबाट फालेको जनाइएको छ । शुक्रबार साँझ बालकको हत्या गरी फरार रहेको सुजनलाई प्रहरीले पुतलीबजार–१ बाट पक्राउ गरेको हो ।

हत्याको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक हर्सित कक्षा ५ मा अध्ययनरत थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button