तिनाउमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

पाल्पाको तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ ।

तिनाउ गाउँपालिका-३ सिद्धबाबास्थित तिनाउ खोला ड्याममा डुबेर सत्यवती गाउँपालिका-७ घर भएका १८ वर्षीय अभिषेक परियारको मृत्यु भएको हो । शनिबार दिउँसो १२ बजे आसपास तिनाउ खोलामा पौडी खेल्दै गर्दा अचानक डुबेर परियार बेपत्ता भएका थिए ।

परियार डुबेर बेपत्ता भएको खबर पाएपछि खटिएको टोलीले दिउँसो साढे १ बजे उनलाइउ अचेत अवस्थामा फेला पारेको थियो । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएपनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गर्मी बढेसँगै देशभरि खोला, पौडीपोखरी, तलाउमा पौडी खेल्न जाने र डुबेर मृत्यु हुनेको संख्या अत्यधिक वृद्धि भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button