ताप्लेजुङमा पहिरोमा परी चार बेपत्ता ; सडक, पुल, स्वास्थ्यचौकी, हाइड्रोपावरका सामान पनि बगायो

ताप्लेजुङको सिरीजङ्घा र सिदिङ्वा गाउँपालिकामा भारी वर्षापछि गएको पहिरो व्यापक क्षति पुर्याएको छ ।

सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिराले घर बगाउँदा एकै परिवारका तीन जनासहित चारजना बेपत्ता भएका छन् । पहिराले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता भएका हुन् । यस्तै मेहेलेकै भरत तामाङ बेपत्ता भएको स्थानीयले बताएका छन् । ठूलो वर्षा भएपछि बुवाआमालाई सुरक्षित स्थानमा पुर्याएर फर्किने क्रममा तामाङ बेपत्ता भएको भएको जनाइएको छ । उनीहरुको खोजी कार्यसमेत भारी वर्षाले प्रभावित भएको छ ।

मेहेलेमै पहिरोमा स्वास्थ्यचौकीलाई पुर्णरुपमा बगाएको छ भने राजकुमार गौतमको एउटा घर पनि बगेको छ । बाढीपहिरोले विभिन्न स्थानमा पुल बगाउँदा ताप्लेजुङ सडक सञ्जालबाट बिच्छेद भएको छ । हेवाखोलामा आएको बाढीले मेची राजमार्गअन्तर्गत हिलिहाङ र फिदिम नगरपालिका जोड्ने पुल बगाएको छ । बाढीले मेरिङ्देन गाउँपालिकातर्फ जाने खोला किनारको सडकसमेत बगाएपछि बाटो पूर्णरूपमा अवरुद्ध बनेको छ । मैवाखोला–२ र ५ नं वडा जोड्ने खार्तेखोलाको झोलुङ्गे पुल पनि बाढीले बगाएको छ ।

बाढीपहिरोले अरुण काबेली हाइड्रो र इङ्गवा हाइड्रोमा पनि क्षति पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button