विश्वकप छनोटको पहिलो खेलमा टेस्ट राष्ट्र जिम्बाबेको सामना गर्दै नेपाल

विश्वकप छनोटको पहिलो खेलमा आइतबार नेपालले टेस्ट राष्ट्र जिम्बाबेको सामना गर्दैछ ।

आयोजक जिम्बाबे २०१८ को घाउ मेटाउन  प्रतियोगिताको उत्कृष्ट शुरूवात गर्ने लक्ष्यमा हुँदा नेपालले कम्तिमा सुपरसिक्सको सम्भावनाका लागि प्रयास गर्नेछ । हरारे स्पोर्ट्स क्लबको मैदानमा हुने खेल नेपाली समय अनुसार १२:४५ बजे शुरु हुनेछ ।

एकदिवसीय मान्यता पाएको पाँच वर्ष पछि बल्ल नेपालले पहिलोपटक टेस्ट टिमसँग एकदिवसीय खेल खेल्न लागेको हो । यद्यपि जिम्बाबेसँग नेपालको यो पहिलो भेट हैन । तर यस अघिका खेलहरुमा नेपालले एकदिवसीय मान्यता नपाएको हुँदा ती खेलहरु एकदिवसीय हुन सकेका थिएनन् ।

वरियता क्रममा तीन स्थानको मात्रै फरक भए पनि क्रीकेटको स्तरमा भने दुई देशबीच ठुलै खाडल रहेको खेल विज्ञहरुको भनाई छ । नेपाललाई आजको खेलमा दबाबरहित खेल्ने अवसर हुनेछ भने जिम्बाबेलाई विश्वकप खेल्न एक कदम अघि सार्नुपर्ने दबाब हुनेछ ।

१० टिमले भाग लिएको छनोट प्रतियोगिताका शीर्ष दुई टोली मात्रै विश्वकपमा छनोट हुनेछ्न् । प्रतियोगितामा नेपालको समूह ‘ए’ मा वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका रहेका छन् । समूहको शीर्ष तीनमा पर्ने टोली सुपरसिक्समा छनोट हुनेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button