
भारतको दिल्लीमा एकाबिहानै दुई युवतीको गोली हानी हत्या भएको छ ।
दिल्लीको अम्बडेकर बस्तीमा आइतबार बिहान करिब चार बजे भएको घटनामा २९ वर्षीया ज्योती र ३० वर्षीया पिङ्कीलाई अज्ञात बन्दुकधारीले गोली चलाएको थियो । प्रहरीका अनुसार उक्त घटना पैसाको लेनदेनका बारेमा सम्बन्धित रहेको छ । हत्याराले मृतकको भाईलाई खोजेको भएपनि भाइ नभेटिएपछि दुई जना माथि गोली चलाएको प्रहरीको भनाइ छ ।
मृतकको शवलाई एसजे अस्पताल लगिएको प्रहरीले उल्लेख गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।