सुपर हेवाखोला हाइड्रोमा बाढी आउँदा १५ कामदार बेपत्ता, दुईको उद्धार

संखुवासभामा रहेको हेवाखोला हाइड्रोमा बाढी आउँदा बेपत्ता भएका १७ जना कामदारमध्ये दुईजनाको गम्भीर घाइते अवस्थामा उद्धार भएको छ ।

गएराति आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा ठूलो क्षति पुर्याएको थियो भने १७ मजदुर बाढीमा बेपत्ता भएका थिए । बेपत्ता भएका मध्ये बर्दिया नगरपालिका–७ का २४ वर्षीय टीकाराम चौधरी र ३५ वर्षीय दीपकराज थारु गम्भीर घाइते अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार घाइतेहरुको सामुदायिक अस्पताल चैनपुरमा उपचार भइरहेको छ । बाकिँ बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । हेवाखोलाको बाढीले मेची राजमार्गको एक मोटरेबल पुल र तमोर करिडोर एक बेलिब्रीज पनि बगाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button