जिम्बावेविरुद्ध कुशल भुर्तेलको अर्धशतक

आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत नेपाल र जिम्बावेबीचको खेलमा कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।

जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस हारेर नेपालले ब्याटिङ गरिरहेको छ । नेपालले २० औं ओभरको समाप्तिमा विना कुनै विकेट गुमाउँदै ८४ रन बनाएको छ । नेपालका लागि कुशल भुर्तेलले ६३ बलमा अर्धशतक पूरा गरेका हुन् ।

भुर्तेललाई आसिफ सेखले २९ रन बनाउँदै साथ दिइरहेका छन् । टेस्ट राष्ट्रविरुद्ध नेपालको यो नै पहिलो एकदिवसीय खेल हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button