जिम्बावेविरुद्ध कुशल भुर्तेल ९९ रनमा आउट, ओपनरको कीर्तिमानी साझेदारी तोडियो

आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत नेपाल र जिम्बावेबीचको खेलमा कुशल भुर्तेलले ९९ रनमा आउट भएका छन् ।

जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस हारेर नेपालले ब्याटिङ गरिरहेको छ । नेपालले ३१.५ औं ओभरको एक विकेट गुमाउँदै १ सय ७१ रन बनाएको छ । यो नै नेपालका लागि पहिलो विकेटको सर्वाधिक ठूलो साझेदारी हो । नेपालका लागि कुशल भुर्तेलले ९५ बलमा ९९ रन बनाए भने आसिफ सेखले ९६ बलमा ६५ रन बनाएर क्रीजमा खेल्दै छन् ।

भुर्तेललाई वेलिङ्टन मासाकाड्जाले बोल्ड आउट गरेको हुन् । तेस्रो नम्बरमा ब्याटिङका लागि कुशल मल्ल आएका छन् । टेस्ट राष्ट्रविरुद्ध नेपालको यो नै पहिलो एकदिवसीय खेल हो ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button