
साताको पहिलो दिन नेप्सेमा ५२ अंकको वृद्धि हुँदा नेप्से परिसूचक २१०० अङ्क नजिक पुगेको छ ।
आइतबार ५२.२६ अङ्कको वृद्धि सँगै नेप्से परिसूचक २०९४.३३ विन्दुमा बन्द भएको छ । नेप्सेकै सेन्सेटिभ इन्डेक्स समेत ७.१८ अंकले बढ्दै ३९०.५६ अंकको विन्दुमा पुगेको छ । आज दिनभरी कारोबार रकम समेत बढेर ४ अर्ब ८६ करोड ९१ लाख पुगेको छ ।
आइतबार आठ कम्पनीको मूल्य १०% सर्किटको हाराहारी वृद्धि भएको छ । आज सुपर मादी, प्रभु लाइफ, आत्मनिर्भर, नेपाल इन्स्योरेन्स, ग्रीन भेन्चर, सिटि होटल र माहुली लघुवित्त १० प्रतिशतको हाराहारीले बढेका हुन् । यसैगरी सर्वाधिक गुमाउने कम्पनीमा शुभम् पावर रह्यो । उक्त कम्पनीको मूल्य ५.५८ प्रतिशतले घट्यो ।
आज शिवम् सिमेन्टको सर्वाधिक ३६ करोड ६४ लाख भन्दा बढी रकमको कारोबार भयो । सर्वाधिक कारोबार हुने दोस्रोमा आइजिआई प्रुडेन्सियल र तेस्रोमा सोल्टी होटल रह्यो ।