काठमाडौँ महानगरका हलमा भोलिदेखि हिन्दी चलचित्र प्रदर्शन नहुने

काठमाडौँ महानगरका हलमा भोलिदेखि हिन्दी चलचित्र प्रदर्शन नहुने भएको छ ।

काठमाडौं महानगरका मेयर बालेनले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्यलाई सच्याउन तीन दिने अल्टिमेटम दिएका थिए । तर चलचित्र निर्माण पक्षले त्यसलाई वेवास्ता गरेपछि मेयर बालेनले नगर प्रहरीलाई आइतबार बेलुकासम्म सबै हलमा पुगेर भारतीय फिल्म नचलाउन निर्देशन दिन भनेका हुन् ।

उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पनि उक्त आपत्तिजनक संवाद नसच्चाए नेपालभर भारतीय फिल्मको प्रदर्शन रोक्न पत्राचार गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button