पहिरोमा पुरिएर घाइते बालिकाको मृत्यु

पाँचथरको पहिरोमा पुरिएर घाइते भएकी बालिकाको मृत्यु भएको छ ।

हिजो मध्यराति घर माथिबाट खसेको पहिरोले पुरिएकी आठ वर्षीया जुना सावदेनको सात घण्टा पछि मात्रै उद्धार भएको थियो । गम्भीर घाइते सावदेनलाई उपचारका लागि पाँचथर अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा दिउँसो २ बजेतिर मृत्यु भएको प्रहरी जनाएको छ ।

जुना आफ्ना हजुरबुबा मनप्रसाद राईको घरमा बस्दै आएकी थिइन् । पहिरोले मनप्रसादको घर बगाउँदा जुना घर भित्रै सुतिरहेको परिवारले जनाएको छ । मनप्रसाद र उनकी श्रीमती भागेर ज्यान बचाएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button