आजको मौसम : मध्यान्ह पछि वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागले आज देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको र बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभावले मध्यान्ह पछि वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागको मौसमी बुलेटिन अनुसार हाल कोशी प्रदेशमा सामान्य बदली रही देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली  रही बाँकी भूभागमा मौसम आंशिक बदली देखि सामान्यतया सफा  रहेको छ । कोशी प्रदेशको थोरै स्थानमा मेघ-गर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा बाँकी तराई भूभागमा आंशिक बदली देखि मौसम सामान्यता सफा रहनेछ । कोशी प्रदेशको केही स्थानहरु, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार आज राती कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको थोरै स्थानहरूमा तथा बाँकी भूभागका ‍एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार कोशी  प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

यसैगरी गर्मी, मेघ-गर्जन/चट्याङ्ग तथा वर्षाबाट हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button