घोराही सिमेन्टको आइपिओमा माग भन्दा बढी कित्ताको आवेदन रिजेक्ट

आइपिओ जारी गरेको घोराही सिमेन्टको माग गरे भन्दा बढी कित्ता आवेदन रिजेक्ट भएको छ ।

३ सय ३५ रुपैयाँ प्रिमियम थपेर ४ सय ३५ रुपैयाँमा जेठ ३२ गतेदेखि कम्पनीले ६९ लाख ११ हजार ६ सय ७० कित्ता सेयर आवेदन माग गरेको थियो । असार ४ गतेसम्म आवेदन दिने अवधि रहे पनि कम्पनीले आवेदनका लागि १४ गतेसम्म समय थप गरेपछि सर्वसाधारणले शंकास्पद रुपमा लिएका थिए । तर सिडिएस एन्ड क्लियरिङका अनुसार ८५ लाख कित्ता आवेदन रिजेक्ट भएपछि कम्पनीले म्याद थप गरेको हो ।

हालसम्म उक्त आइपिओमा २ करोड ४० लाख ५७ हजार १ सय ३० कित्ताका लागि आवेदन परिसकेको छ । ठूलो संख्यामा आवेदन रिजेक्ट भएपछि सिडिएस एन्ड क्लियरिङले सूचना नै जारी गर्दै सार्वजनिक निष्कासनमा झुटा आवेदन दिएमा जालसाजीयुक्त कारोबार हुने र यस्तो कार्य गरेको पाइएमा कानुनी कारवाही हुने जनाएको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button