
सोमबार नेप्से परिसूचकमा २.९४ अङ्कको झिनो गिरावट आएको छ ।
आज चार अर्ब ७४ करोड भन्दा बढीको कारोबार नेप्से इन्डेक्स २०९१.३९ विन्दुमा अडिएको छ । आज वित्त समूह सर्वाधिक ५.२२ प्रतिशतले उकालो लाग्दा विकास बैंक समूह ३.४९ प्रतिशत र लगानी समूहमा ३.०८ प्रतिशत बढेको छ ।
कम्पनी हेर्दा आज ६ कम्पनीको भाउ सर्किट लेभलमा वृद्धि भएको छ । १ प्रतिशत वृद्धि हुने कम्पनीहरुमा माउन्टेन इनर्जी हाइड्रो, सेन्ट्रल फाइनान्स, मेन्छियम हाइड्रो, बिपिड्ब्ल्यु लघुवित्त, सिटी होटल र लक्ष्मी इक्विटी फन्ड रहेका छन् ।
यसैगरी सर्वाधिक कारोबार हुने कम्पनीमा शिवम् सिमेन्ट, नेपाल टेलिकम र सोल्टी होटल शीर्ष तीन स्थानम रहेका छन् ।