रद्द भयो घोराही सिमेन्टको आइपिओ, लगानीकर्ताको पैसा के हुन्छ ?

सेक्युरिटी बोर्ड अफ नेपाल (सेबोन) ले छानबिनका लागि घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओ निष्कासनको सम्पूर्ण प्रक्रिया रद्द गरेको छ ।

बोर्डले आज एक सूचनामार्फत घोराही सिमेन्टलाई प्रदान गरेको इस्युअर रेटिङ, क्रेडिट रेटिङ नियमावली, २०६८ को नियम ३४ को उपनियम (२) विपरित भए नभएको बारेमा केयर रेटिङ नेपाल लिमिटेडलाई ३ दिनभित्र स्पष्ट गरी पेस गर्न २०६० जेठ ३० गतो पत्राचार गरिएकोमा केयर रेटिङ नेपाल लिमिटेडले हालसम्म जानकारी पेस नगरेको उल्लेख गरेको छ ।

त्यसैगरी सूचनामा कुनै आधार बिना म्याद थपका लागि अनुरोध गरेका साथै उक्त कम्पनीको सार्वजनिक निष्कासनमा मागभन्दा बढी कित्ता सेयरका लागि आवेदन प्राप्त भइसकेको अवस्थामा समेत सार्वजनिक निष्कासनको समयावधि थप गर्न सूचना प्रकाशित गरेको देखिएको सन्दर्भमा सर्वसाधारण लगानीकर्ताको सुरक्षा तथा हित संरक्षणलाई मध्यनजर गर्दै उक्त कम्पनीको रेटिङ र सार्वजनिक निष्कासनसम्बन्धी कैफियतको जाँचबुझका लागि हाललाई घोराही सिमेन्टको सार्वजनिक निष्काशनको सम्पूर्ण प्रक्रिया स्थगन गरिएको उल्लेख गरिएको छ ।

घोराही सिमेन्टले गत जेठ ३२ गतेदेखि सर्वसाधारणका ३ सय ३५ रुपैयाँ थप गरी प्रिमियम मूल्यमा आईपीओ बिक्री खुला गरेको थियो । असार ४ गतेसम्मका आवेदन दिन लागि म्याद राखिए पनि कम्पनीले माग भन्दा धेरै अर्थात २ करोड ३३ लाख भन्दा बढी कित्ताका लागि आवेदन माग भएपनि आवेदन दिने म्याद थप गरेको थियो ।

कम्पनीले ६९,११,६७० कित्ताका लागि आवेदन माग गरेको थियो । अब आवेदन दिएर ब्लक अवस्थामा बसेको पैसा सर्वसाधारण कै खातामा फिर्ता हुनेछ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button