
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द विप्लवले समाजवादी मोर्चा नेपालको गठन कार्यक्रममा सम्बोधन गर्दै आउँदो भविष्य कुनै पनि मूल्यमा शासकको हुनु नहुने बताएका छन् ।
गठन सभामा बोल्दै विप्लवले नेपाली जनता निराश हुनुनपर्ने र आउँदो भविष्य विदेशी तत्व, साम्राज्यवादी, शासक र प्रतिगामी हुन नसक्ने बताएका छन् । उनले नेपालका युवालाई निराश, बेचैन बनाएर एक्काइसौं शताब्दीको गुलाम बनाएको भन्दै युवालाई जटिलता र असफतलासँग लड्न पनि आह्वान गरे ।
दलाल पुँजीवादको जगजगी रहेको बताउँदै उनले केही मानिसको खल्तीमा लुकाइनसक्नु पैसा रहेको आरोप लगाए ।