आजको मौसम : देशभरि आंशिकदेखि सामान्य बदली, गण्डकी प्रदेशमा भारी वर्षा हुने

जल तथा मौसम विज्ञान विभागले आज देशभर आंशिक देखि सामान्य बदली रहने तथा गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागको मौसमी बुलेटिन अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो पनि देशभर आंशिक देखि सामान्य बदली रहने तथा कोशी  र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार आज राती कोशी , मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, मधेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

यसैगरी देशका केही स्थानहरूमा मेघ भारी वर्षाको पनि सम्भावना रहेकाले मेघ-गर्जन र चट्याङ्ग, बाढी, पहिरो भू-क्षय तथा गेग्रान बहाव तथा वर्षाका कारण नदीको स्तर बढेर हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button