विश्व सङ्गीत महोत्सवका उपलक्ष्यमा पोखरामा साङ्गीतिक कार्यक्रम हुँदै

विश्व सङ्गीत दिवसका अवसरमा पोखरामा २१ वाङ्मयिक संस्थाले साङ्गीतिक कार्यक्रम गर्ने भएका छन् ।

सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठान पोखराको मुख्य आयोजना र अन्य २० वाङ्मयिक संस्थाको सहआयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । पोखरा उद्योग बाणिज्य संघको सभाहलमा असार ६ गते दिउँसो ३ बजे हुने कार्यक्रममा लोकदोहोरी, मौलिक गीत, शास्त्रीय सङ्गीत, लोक नृत्य, लाइभ ब्याण्ड सहित १५ देखि १७ वटा प्रस्तुति रहने विश्व सङ्गीत दिवस २०८० का कार्यक्रम संयोजक नवराज बरालले जानकारी गराए । उनका अनुसार एकल रुपमा सङ्गीत दिवस मनाउँदा प्रभावकारिता नदेखिने भएकाले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा प्रवेश निशुल्क रहेको उनले उल्लेख गरेका छन् ।

गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित कार्यक्रममा पोखरेली युवा सांस्कृतिक परिवार, हिमाली सांस्कृतिक परिवार, अलिमियाँ लोक वाङ्मय प्रतिष्ठान, पोखरा साङ्गीतिक कलाकार संघ, बालन एवम् कला सांस्कृतिक प्रतिष्ठान, राष्ट्रिय लोक तथा भजन चुड्का संरक्षण प्रतिष्ठान, भक्ति सङ्गीत प्रतिष्ठान, विश्व हिन्दु महासंघ सांस्कृतिक समूह, लोक नृत्य कलाकार संघ, सङ्गीत प्रशिक्षण केन्द्र, जोजिजू म्युजिक सेन्टर एण्ड म्युजिक स्कुल, त्रिवेणी सङ्गीतालय, जे.ई. म्यूजिक एकेडेमी, कर्णप्रिय सङ्गीतालय, हार्मोनी समूह, तरेली सांस्कृतिक परिवार, गीतकार प्रतिष्ठान नेपाल, झलकमान गन्धर्व सारङ्गी पाठशाला, धनबहादुर स्मृति प्रतिष्ठान, पोखरा भजन चुड्का संरक्षण प्रतिष्ठान लगायतका संस्थाहरु सहआयोजकमा रहेका छन् ।

२०६० साल देखि पोखरामा रहेका वाङ्मयिक संस्थाहरुले विश्व सङ्गीत दिवसको अवसरमा साङ्गीतिक कार्यक्रम गर्दै आएका छन् । विश्व सङ्गीत दिवसको थालनी इ.सं. १९८४ सालदेखि फ्रान्सबाट भएको हो । कार्यक्रमबाट पोखराको सुस्ताएको सङ्गीत क्षेत्रलाई माथि उठाउन सहयोग मिल्ने आशा गरिएको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button