आजबाट सर्वसाधारणका लागि थ्रीस्टार हाइड्रोको आइपिओ बिक्री खुला

असार ५ गतेदेखि सर्वसाधारणले थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आइपिओ बिक्री खुला गरेको छ ।

कम्पनीले कुल १२ लाख ३१ हजार २५० कित्तामध्ये ४ लाख ९२ हजार ५०० कित्ता स्थानीयवासीलाई र ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरेपछि सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गरेको हो ।

अब कर्मचारीलाई १४ हजार ७७५ कित्ता र सामूहिक लगानी कोषका लागि ३६ हजार ९३८ कित्ता सेयर छुट्याएर बाँकी ६ लाख १३ हजार १६२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिनसक्नेछन् । आइपिओमा असार ८ गतेसम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् तर यस आइपिओ पर्न पनि भाग्यकै भर पर्नुपर्ने देखिन्छ । आइपीओको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button