शुक्रबार संसदमा प्रम दाहालले सांसदको प्रश्नको जवाफ दिने

असार ८ गते शुक्रबार संसदमा प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदको प्रश्नको जवाफ दिने भएका छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले शुक्रबारका लागि प्रमसँग प्रश्नोत्तरको तालिका राखिएको जानकारी दिएका हुन् । प्रश्नोत्तरमा सहभागी हुने सांसदले आज ५ बजेसम्म नै आफूले सोध्न चाहेको प्रश्न प्रतिनिधिसभामा पेश गर्नुपर्नेछ ।

प्रश्नोत्तर अभ्यास नियमित रुपमा बढाउने गरि १५-१५ सांसदलाई १७ समूहमा विभाजन गरिएको छ । नामको वर्णानुक्रम अनुसार बाढिएका सांसद मध्ये आगामी शुक्रबार पहिलो समूहसँग प्रम दाहालको प्रश्नोत्तर हुनेछ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button