अमेरिकाविरुद्ध फिल्डिङ गर्दै नेपाल, करनले आफ्नो पहिलो ओभरमै दिलाए दुई सफलता

एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले फिल्डिङ गर्दैछ ।

खेलमा करन केसीले आफ्नो पहिलो ओभरमै दुई विकेट लिएपछि अमेरिका कठिनाईमा परेको छ । पहिलो ओभरमै स्पीनर ललित राजवंशीलाई ल्याएको नेपालले दोस्रो ओभरमा करन केसीलाई बलिङमा ल्याएको थियो । केसीले स्टेभेन टेलरलाई ४ रनमा एलबीडब्लू आउट र सैतेजा मुक्कामल्लालाई आरिफ सेखको हातबाट क्याचआउट गराएका हुन् ।

अमेरिकाका सुशान्त मोदानी र एरोन जोन्स अहिले क्रीजमा ब्याटिङ गरिरहेका छन् । आज नेपालले आफ्नो नियमित बलर सोमपाल कामीलाई चोटका कारण टोलीमा गुमाएको छ । दुवै टोलीलाई सुपरसिक्समा छनोट हुन आजको खेल जित्नै पर्ने बाध्यता छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button