
बिरामी भएर अचेत अवस्थामा पुगेका बालकलाई अस्पताल नलगी प्रार्थना गर्न लैजाँदा मृत्यु भएको छ ।
बर्दियाको गुलरिया नगरपालिका– १० कालाबञ्जारका ८ वर्षीय अजय यादवलाई बिरामी अवस्थामा अस्पताल नलगी ‘सत्य वचन परम ईश्वरीय मार्ग दर्शन’ नामक संस्थामा प्रार्थना गर्न लगिएको थियो । बालक यादवका अभिभावकलाई प्रार्थना गरे परमेश्वरले ठीक पार्ने भन्दै उक्त संस्थामा लैजान तीन जनाले भनेका थिए । तर प्रार्थना गर्दागर्दै ती बालकको मृत्यु भएको हो ।
बालकको मृत्यु भएपछि उनका बुबा प्रमुख यादवले छोरालाई अस्पताल लैजानुको साटो प्रार्थना गर्न लैजान प्रेरित गर्ने तीन जनाविरुद्ध जाहेरी दिएका छन् । जाहेरीको आधारमा प्रहरीले गुलरिया–४ तुलापुरका ३९ वर्षीय राजु शाही, ३८ वर्षीया गीता शाही र ३५ वर्षीया निशा नेपालीलाई पक्राउ गरेको छ ।