सुदूरपश्चिम प्रदेशका कानुन मन्त्री चढेको गाडी दुर्घटनाग्रस्त, मन्त्रीसहित पाँच घाइते

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह चढेको गाडी दुर्घटनाग्रस्त मन्त्री सिंहसहित पाँचजना गम्भीर घाइते भएका छन् ।
डडेल्धुराबाट चैनपुर जाँदै गरेको सु प प्र ०१-००१ झ ४८० नम्बरको कार बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी १०० मिटर तल कालंगा खोला किनारमा खसेको हो । गाडीको पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।
दुर्घटनामा मन्त्री सिंहको खुट्टा र अनुहारमा चोट लागेका लागेको प्रहरीले जनाएको छ । उनको केदारस्युँ गाउँपालिका-१ देउरास्थित ऋृतु पोलिक्लिनिकमा उपचार भइरहेको छ भने बाँकी ४ जनाको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ ।
दुर्घटनामा उनकी श्रीमती अमृता सिंह, भाउजु जयादेवी सिंह, पीएसओ दीपक भण्डारी र चालक धर्मराज जोशी घाइते भएका छन् । थप उपचारका लागि काठमाडौं लैजान परे हेलिकप्टर तयारी अवस्थामा राखिएको जनाइएको छ ।