राष्ट्रपति पौडेलको मुटुमा पेसमेकर जडान

राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा पेसमेकर जडान गरिएको छ ।

असार २ गते शनिबार अस्पताल भर्ना भएका पौडेलको मंगलबार मुटुको शल्यक्रिया गरिएको हो । अस्पतालका अनुसार आज मध्याह्न १२ बजेदेखि दिउँसो २ बजेसम्म पेसमेकर जडानका लागि शल्यक्रिया भएको हो ।

उनलाई २४ घण्टा निगरानीका लागि भर्ना गरिएको भनिएपनि मुटुको चाल बेलाबखत कम हुने देखिएपछि ७२ घण्टासम्म निगरानीमा गरेर मुटुमा पेसमेकर राखिएको हो ।

अघिल्लो मंगलबार सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा एन्जिओप्लास्टी गरेर राष्ट्रपति पौडेलको मुटुको नशा खुलाइएको थियो ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button