अमेरिकाले नेपाललाई दियो दुई सय आठ रनको लक्ष्य

सायन जहाङ्गिरले शतकीय पारी खेलेपछि अमेरिकाले नेपाललाई दुई सय आठ रनको लक्ष्य दिएको छ ।

एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । कप्तान निर्णय सही सावित गर्दै करन केसीले नेपाललाई उत्कृष्ट शुरुवात दिलाए । ९.२ ओभरमै केसीले चार विकेट चट्काए पछि अमेरिका कठिन स्थितिमा पुगेको थियो ।

तर जहाङ्गिरले ७९ बलमा १०० रनको शतकीय पारी खेलेसँगै अमेरिकाले नेपाललाई चुनौतीपूर्ण लक्ष्य पेश गरेको छ । अमेरिकाका लागि सुशान्त मोदानीले ४२ र गजानन्द सिंहले २६ रनको बहुमुल्य पारी खेले । बलिङतर्फ नेपालका लागि केसी बाहेक गुल्सन झाले ३, दीपेन्द्र सिंहले २ र ललित राजवंशीले १ विकेट लिए । नेपालका मूख्य बलर सन्दीप लामिछाने भने लगातार दोस्रो खेलमा विकेटविहीन रहे ।

नेपालले अब केही क्षणमा जवाफी ब्याटिङ थाल्दैछ । पहिलो खेलमा जिम्बाबेसँग हार बेहोरेको नेपाललाई सुपरसिक्समा छनोट हुन आजको खेल जित्नै पर्ने बाध्यता छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button