बालेन प्रभाव : काठमाडौं महानगरका चार सय ६५ विद्यालयले दिए १३ हजार बढी विद्यार्थीलाई छात्रवृत्ति

काठमाडौं महानगरका मेयर बालेन शाह कडिकडाउ रुपमा प्रस्तुत भएपछि त्यहाँका चार सय ६५ निजी विद्यालयले दिए १३ हजार बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन् ।

बालेनले आज एक फेसबुक पोस्टमार्फत उक्त उपलब्धिको जानकारी दिएका हुन् । उनका अनुसार इतिहास मै पहिलोपटक महानगरभित्र रहेका ५०४ निजी विद्यालयमध्ये ४६५ विद्यालयले छात्रवृत्तिको विवरण बुझाएका छन् जस अनुसार १३ हजारभन्दा बढी विद्यार्थीले विभिन्न किसिमका छात्रवृत्ति पाएका छन् ।

उनले हालसम्म विवरण नपठाएका ३९ विद्यालयहरूलाई १ लाख रुपैयाँसम्म जरिवाना तिराइएको र फेरि एकपटक विवरण बुझाउने मौका दिइएको छ । अब पनि विवरण नबुझाएमा शिक्षा ऐन, २०७५ को दफा ५७ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिने उनले बताएका छन् ।

बालेनले कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा आफू उत्तिकै गम्भीर रहेको उल्लेख गर्दै कानुनी प्रबन्ध कार्यान्वयन गर्दा नै यी १३ हजार विद्यार्थीले छात्रवृत्ति पाएको पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button