हेवाखोलामा बेलीब्रिज निर्माण कार्य थालियो

भारी वर्षापछि आएको बाढीले मोटरेबल पक्की पुल बगाएपछि हेवाखोलामा बेलीब्रिज निर्माण कार्य थालिएको छ ।

पाँचथर जिल्लाको मेची राजमार्ग स्थित फिदिम नगरपालिका वडा नं. ४ र हिलिहाङ गाउँपालिका वडा नं. ७ जोड्ने पक्कि पुल हेवाखोलामा आएको बाढीले बगाई पुर्ण रुपमा क्षति भए पश्चात सोही स्थानमा बेली ब्रिज पुल निर्माण कार्य थालिएको हो ।

उक्त स्थानमा बेली ब्रिज पुल निर्माण कार्य भई रहेको हुँदा क्षेत्रमा यात्रुहरुको सहजताको र जानकारी दिनका लागि जिल्ला प्रहरी कार्यालय पाँचथरले नागरिक सहायता कक्ष हेल्प डेस्क स्थापना पनि स्थापना गरेको छ ।

बाढीले मेची राजमार्गमा यातायात पूर्ण रुपमा सर्वसाधारणले निकै सास्ती खेपेका छन् । आजै प्रहरीले सो क्षेत्रमा रहेको झुलुङ्गे पुलबाट मानिसहरुको आवतजावतको सहजताको ट्रयाक खोल्ने कार्य गरेको थियो ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button