
मङ्गलबार साँझदेखि सबै सरकारी वेबसाईट डाउन भएपछि सेवाग्राही प्रभावित बनेका छन् ।
यातायात कार्यालयदेखि पासपोर्टको आवेदन दिने प्रणाली सबैमा सर्वसाधारणले पहुँच पाउन सकेका छैनन् । अन्त्यमा gov.np डोमेन भएका सबै वेबसाइटहरु बन्द भएका हुन् । सरकारी वेबसाइटहरु डाउन हुनुको कारण बारे भने केही खुलाइएको छैन ।
यस अघि पनि बेला बेलामा सरकारी वेबसाइटहरु डाउन हुँदै आएका छन् । ह्याकरले अनाधिकृत पहुँच पुर्याउने देखि आक्रमण गर्ने जस्ता गतिविधिले साइटहरु डाउन हुँदै आएका छन् ।