आजको मौसम : देशभरि आंशिकदेखि सामान्य बदली रहने

जल तथा मौसम विज्ञान विभागले आज देशभर आंशिक देखि सामान्य बदली रहने जनाएको छ । विभागका अनुसार देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

विभागको मौसमी बुलेटिन अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली  रही कोशी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन रचट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार आज राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी , मधेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

यसैगरी देशका केही स्थानहरूमा मेघ-गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावनाका साथै कोशी , मधेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको हुनाले मेघ-गर्जन र चट्याङ्ग, बाढी, पहिरो भू-क्षय तथा गेग्रान बहाव तथा वर्षाका कारण नदीको स्तर बढेर हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button