मिटरब्याजमा पैसा दिने पनि माइतीघरमै आन्दोलन गर्दै

कानुन बमोजिम नै मिटरब्याजमा पैसा लगाएको भन्दै मिटरब्याजीहरुले नै माइतीघरमा प्रदर्शन गरेका छन् ।

पीडित लेनदेन संघर्ष समिति नै बनाएर तराईका विभिन्न जिल्लाबाट आएका मिटरब्याजीहरू धर्नामा बसेका हुन् । उनीहरुले २०८० अध्यादेश दफा २४९ खारेज, कानुन बमोजिमको लगानी कानुन बमोजिम साँवा ब्याज फिर्ता गर्नुपर्ने जस्ता माग राखेका छन् ।

प्रहरी प्रशासन दमन बन्द गर, मिटरब्याजका नाममा आंतक बन्द गर, सामाजिक सद्भाव कायम गर जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button