हिन्दी चलचित्र रोक्ने बालेन शाहको निर्णयविरुद्ध उच्च अदालतमा मुद्दा दर्ता

हिन्दी चलचित्र रोक्ने बालेन शाहको निर्णयविरुद्ध नेपाल चलचित्र संघले उच्च अदालतमा मुद्दा दर्ता गरेको छ ।

हिन्दी चलचित्र आदिपुरुषमा सीतालाई भारतको छोरी भनिएको आशयको संवाद नहटाए काठमाडौंका हलमा हिन्दी चलचित्र नचलाउन काठमाडौं महानगरका मेयर बालेन शाहले निर्देशन दिएका थिए । बालेनको उक्त निर्णय क्षेत्राधिकार भन्दा बाहिर र कानुन विपरीत भएको भन्दै फिल्म हल सञ्चालकहरुले मुद्दा दायर गरेका हुन् ।

मुद्दाको सुनुवाइका लागि बिहीबार पेसी तोकिएको छ भने हल सञ्चालकहरुले बिहीबार नै अन्तरिम आदेश जारी गर्न पनि माग गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button