सिन्धुलीमा चट्याङ पर्दा दुई कार दुर्घटनाग्रस्त, सात घाइते

सिन्धुलीमा चट्याङ पर्दा दुई कार पल्टिएका छन् भने कारका यात्रुसहित सात जना घाइते भएका छन् ।

सिन्धुलीको दुधौली-४ लक्ष्मीपुर पचरुखीमा चट्याङले हान्दा दुईवटा कार दुर्घटनाग्रस्त भएका छन् । चट्याङ परेर बाग्मती प्रदेश बिएवी ५५३९ र प्रदेश ३– ०१–०३२ प ५८६० नम्बरका दुई कारहरु अनियन्त्रित भई पल्टिँदा कारमा सवार पाँच जना घाइते भएका हुन् ।

यसैगरी नजिकैको घरमा पनि चट्याङ पर्दा दुई जना घाइते भएका छन् । घाइतेहरुलाई सिर्थौली प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरेपछि थप उपचारका लागि सिन्धुली जिल्ला अस्पताल र उदयपुरको कटारी अस्पताल रिफर गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button