हवाई इन्धनको मूल्य घटेसँगै घट्यो हवाई भाडा, काठमाडौं- पोखरा भाडा तीन सयसम्मले सस्तिने

हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडा पनि घट्ने भएको छ । नेपाल आयल निगमले हिजो रातिदेखि लागू हुने गरि आन्तरिक उडानमा प्रतिलिटर १० रुपैयाँँले हवाई इन्धनको मूल्य घटाएको थियो ।

नयाँ फ्युल सर्चार्ज सूची अनुसार काठमाडौंबाट छोटो दुरीमा रहेको सिमरामा ९० रुपैयाँदेखि काठमाडौंबाट टाढाको दूरीमा रहेको धनगढीको भाडा ४४५ रुपैयाँसम्म घटेको छ । फ्युल सर्चार्ज हवाईसेवा प्रदायकले भाडाबाहेक लिने अतिरिक्त शुल्क हो । यस हिसाबले उक्त रुटमा भाडा थप सस्तिने छ ।

काठमाडौं- पोखराको फ्युल सर्चार्ज १ सय ६० रुपैयाँले घटेपनि भाडादर भने तीन सयसम्मले सस्तिने छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button