हेवा खोलामा अस्थायी तुइन सञ्चालनमा

गत असार ३ गते पाँचथर जिल्लामा आएको अबिरल बर्षाको कारण फिदिम नगरपालिका ४ र हिलिहाङ गा.पा. ७ लाई जोडने हेवाखोलाको पुल बगाइ सवारी साधनको आवागमन ठप्प भएपछि अत्यावश्यक वस्तुहरुको ओसारपसार तथा ढुवानीलाई सहजता प्रदान गर्न अस्थायी रुपमा तुइनको निर्माण गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय पाँचथर, स्थानीय तह, सुरक्षा निकायहरु, उद्योग वाणिज्य संघ पाँचथरलगायत स्थानीयको समन्वयमा हेवाखोलामा अस्थायी रुपमा तुइन हालिएको हो । तुइन निर्माणसँगै पाँचथर जिल्लाका ३ वटा गाउँपालिका तथा ताप्लेजुङ जिल्लामा अत्यावश्यक वस्तुहरुको ढुवानीमा सहजता भइ सो क्षेत्रको जनजीवन सहज हुने अपेक्षा गरिएको छ ।
आज सोही तुइनको माध्यमबाट पाँचथर जिल्लाको याङवरक गा.पा. १ स्थित च्याङथापुमा २० चामल ३५ बोरा, तेल ५ कार्टुन, दाल ३ बोरा, चिउरा १०० प्याकेट, नुन २ बोरा, न्युटोला ४ बोरा, त्रिपाल १० थान खाद्यान्य तथा अत्यावश्यक राहतका समाग्रीहरु पठाइएको छ ।