
डिजिटल वालेट सेवा प्रदायक इसेवाले अब वालेटको पैसा एटिएमबाटै झिक्न सकिने सुविधा ल्याएको छ ।
एभरेस्ट बैंकसँगको सहकार्यमा इसेवाले कार्डको प्रयोग विनानै एटिएमबाट पैसा झिक्ने मिल्ने सेवा सुरुवात गरेको हो । इसेवाको मोबाइल एप्लिकेसन र एटिएमको इन्टरफेस दुवैमा उक्त नयाँ सेवाको अप्सन अब देखिनेछ । इसेवाको मोबाइल एप्लिकेसनबाट एटिएम वित्ड्र अप्सन प्रयोग गरेर बाकिँ विवरण भरेपछि आउने ओटिपीकोड प्रयोग गरि एटिएमबाट पैसा झिक्न सकिनेछ ।
यसरी पैसा झिक्न भने एभरेस्ट बैंककै एटिएम पुग्नुपर्नेछ । एटिएममा कार्डलेस वित्ड्र अप्सन प्रयोग गरि इसेवा आइडी, ओटिपी र निकाल्न चाहेको रकमको विवरण दिएपछि मेसिनले पैसा दिनेछ ।
अहिले देशभरि ७५ लाख ग्राहकले इसेवाको एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत डिजिटल भुक्तानीको सेवा लिइरहेका छन् ।