दुईपटकको विश्वकप विजेता वेस्टइन्डिजसँग खेल्दै नेपाल

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले दुईपटकको एकदिवसीय विश्वकप विजेता वेस्टइन्डिजसँग प्रतिस्पर्धा गर्दैछ ।

जिम्बावेको राजधानी हरारेमा जारी १० टोली सम्मिलित प्रतियोगितामा शीर्ष दुईमा रहने टोली विश्वकपमा छनोट हुनेछन् । दुई समूहमा बाँडिएका ५-५ टोलीमध्ये लिगबाट उत्कृष्ट तीन टिम सुपरसिक्समा पुग्नेछन् । नेपालको समूहमा आयोजक जिम्बावे, वेस्टइन्डिज, नेदरल्यान्ड र अमेरिका रहेका छन् । अमेरिकामाथि जीत हासिल गरेको नेपाल उद्घाटनमा खेलमा जिम्बावेसँह भने पराजित भएको थियो

१२:४५ मा हुने आजको खेल जितेमा नेपालको सुपरसिक्स लगभग पक्का हुनेछ तर वेस्टइन्डिजविरुद्धको खेलमा नेपाललाई जित्न निकै चुनौतीपूर्ण रहनेछ । विश्व क्रिकेटका परिचित खेलाडी संलग्न वेस्टइन्डिजको टोलीलाई प्रतियोगिता कै दावेदार मानिएको छ ।

नेपाल र वेस्ट इन्डिजबीच एकदिवसीय खेलमा यो नै पहिलो प्रतिस्पर्धा हो । तर नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाई यसअघि वेस्टइन्डिज टोलीको ब्याटिङ प्रशिक्षक रहिसकेकाले नेपाली टोलीलाई रणनीतिक फाइदा भने रहनेछ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button