पूर्व बैंकर अनिल केशरी शाह पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।
आज रास्वपाको पहिलो वार्षिकोत्सवको दिन पारेर पार्टी सभापति रवि लामिछानेको हातबाट पार्टीको लोगो पहिरिँदै रास्वपामा प्रवेश गरेका हुन् । वैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपा र वैकल्पिक राजनीतिक शक्तिको वकालत गर्दै आएका शाह अनन्त एकै प्रवाहमा मिसिएका हुन् ।
रास्वपाको आज बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा पार्टी सभापति रवि लामिछानेले शाहलाई औपचारिक रुपमा पार्टीमा स्वागत गरेका थिए । आज रास्वपाले आफ्नो पहिलो वार्षिकोत्सव मनाउँदैछ । वार्षिकोत्सवको उपलक्ष्यमा आज पार्टीले चियापानको आयोजना गरेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution