वेस्टइन्डिजविरुद्ध फिल्डिङ गर्दै नेपाल, हात पार्यो दोस्रो विकेट

एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा वेस्टइन्डिजविरुद्ध टस जित्दै फिल्डिङ गरेको छ ।
खेलमा करनले केसीले दोस्रो ओभरमै नेपाललाई पहिलो सफलता दिलाएका छन् । केसीले आक्रामक ब्याट्सम्यान कायल मेयर्सलाई एक रनमै पवेलियनको बाटो देखाएका हुन् । मेयर्स कुशल भुर्तेलको हातबाट क्याच आउट भएका हुन् ।
यसैगरी गुल्सन झाले पनि आफ्नो पहिलो ओभरको पहिलो बलमै ब्रान्डन किङलाई शून्य रनमै आउट गरेका छन् । टस हारेर ब्याटिङ गरेको वेस्टइन्डिजले ४.१ ओभरमा दुई विकेट गुमाउँदै ९ रन बनाएको छ ।
ब्रान्डन किङले आठ रन बनाएका छन् भने सेई होपले खाता खोलेका छैनन् । नेपालले अमेरिकासँग जीत हासिल गरेकै टिम उतारेको छ ।