अदालत र सरकार भारतको गुलाम भएको बुझियो – मेयर बालेन शाह

काठमाडौंका मेयर बालेन शाहले अदालत र अदालत र सरकारको भारतको गुलाम भएको प्रतिक्रिया दिएका छन् ।

उच्च अदालतले काठमाडौं महानगरमा भारतीय चलचित्र चलाउन दिने अन्तरिम आदेश दिएपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै अदालतले आदेश दिएपनि महानगरमा भारतीय चलचित्र नचल्ने बताएका हुन् । देशको स्वाधीनता र सार्वभौमिकताको सवालमा अदालत वा कानुन पनि नमान्ने बताउँदै शाहले हिन्दी फिल्म नचल्ने र चलाउन नदिइने स्पष्ट पारेका हुन् ।

उनले आफू जस्तो सुकै सजाय व्यहोर्न पनि तयार रहेको पनि उल्लेख गरेका छन् ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button