क्यानद्वारा नेपाल एयरलाइन्सका दुई पाइलट निलम्बित

नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ ।

काठमाडौं-नारिता उडानमा स्ट्यान्डर्ड अपरेटिङ प्रोसेड्योर पालना नगरेको भन्दै उनीहरुलाई निलम्बित गरिएको क्यानले जनाएको छ । उनीहरुल जापानको नारिता विमानस्थलमा जुन १५ मा जहाज ओभरस्पीडमै अवतरण गराउन खोजेको जनाइएको छ । ओभरस्पीडका कारण जहाज ओभरसुट गर्नु परेको प्राधिकरणको भनाई छ ।

उनीहरुलाई अर्को सूचना नभएसम्मका लागि निलम्बन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button