
चीन बाहिर दक्षिण एसियामा पहिलो पटक पोखरामा हुन लागेको “नेपाल चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल” मा सहभागी हुन आएका चिनियाँ खेलाडीहरू र राजदूत चेन सोङ्को सम्मानमा रात्रि भोज आयोजना गरिएको छ ।
पोखरा महानगरपालिकाको भगिनी सम्बन्ध रहेका चीनको लिन्जी र सिचुवान नगरका प्रमुख र उपप्रमुख लगायत चिनियाँ पाहुनाहरूको टोली पोखरामा रहेको छ । यस क्रममा लिन्जीका प्रमुख बाटा, सिचुवानकी उपप्रमुख लु सुपिङ र युनान नर्मल युनिभर्सिटीका उपकुलपति न्यु झिलिङ लगायतको टोलीसँग महानगरपालिका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती लगायतले अनुभव आदान प्रदान तथा छलफल गरेका थिए ।
यसैगरी रात्रीभोज कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश प्रमुख माननीय पृथ्वीमान गुरुङ, गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय सुरेन्द्रराज पाण्डे, प्रदेश सरकारका मन्त्रीहरू, प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे लगायतको सहभागिता रहेको थियो ।





