पोखरामा लागूऔषधसहित चेक रिपब्लिककी एक महिला र एक नेपाली पुरुष पक्राउ

पोखरामा लागूऔषधसहित चेक रिपब्लिककी एक महिला र एक नेपाली पुरुष पक्राउ परेका छन् ।

बुधबार अपरान्ह १ बजेको समयमा लागू औषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौं तथा लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा म पोखरा म.न.पा.६ लेकसाईडबाट दुईजनालाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा मोरङको बिराटनगर म.न.पा. १२ स्थायी ठेगाना भएका २६ वर्षीय राज गौतम र चेक रिपब्लिकबाट जारी ४६५७०३३३ नम्बरको राहदानी बाहक ३२ वर्षीया मार्टिना सेर्ना रहेका छन् ।

उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारी शरीर तथा झोला खानतलासी गर्दा लागू औषध एलएसडी २६ पिस, लागू औषध एम्फेटामाईन (आईस जस्तो देखिने) ४०० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले दुईसेट मोबाइल पनि जफत गरेको छ ।

प्रहरीले कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन पाँच म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button