गोरखामा जन्ती बोकेको जीप दुर्घटना, पाँचजनाको मृत्यु

गोरखामा जन्ती बोकेको जीप दुर्घटनाग्रस्त हुँदा पाँचजनाको मृत्यु भएको छ ।

गोरखाको सहिद लखन गाउँपालिका-३ चिलिङकोटबाट सहिद लखन-५ ताक्लुङ फर्किँदै गरेको प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जीप सडकबाट करिब दुई सय मिटर तल खोंचमा खसेको थियो । मध्यराति करिब सवा एक बजे भएको दुर्घटनामा परी शहीदलखन गाउँपालिका-५ का १९ वर्षीय प्रवीण थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय नीरज थापा, १९ वर्षीया नवीना थापा र ६४ वर्षीय धनबहादुर थापा रहेका छन् ।

दुर्घटनामा थप १२ जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुलाई नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोलीले उद्धर गरेको थियो । घाइतेहरुलाई चितवन र तनहुँका अस्पताल लगिएको जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button