थ्री स्टार हाइड्रोको आइपिओमा आज आवेदन दिने अन्तिम दिन

थ्री स्टार हाइड्रोको आइपिओमा आज आवेदन दिने अन्तिम दिन रहेको छ ।

असार ५ गते देखि खुलेको कम्पनीको आइपिओमा आज साँझ कार्यालय समयसम्ममा आवेदन दिन सकिनेछ । कम्पनीले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो । त्यसमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ४ लाख ९२ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ७३ हजार ८७५ कित्ता बिक्री गरेपछि बाकिँ ६ लाख १३ हजार १६२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले त्यसबाहेक कर्मचारीलाई १४ हजार ७७५ कित्ता र सामूहिक लगानी कोषका लागि ३६ हजार ९३८ कित्ता छुट्टाएको छ ।

सीडीएससीको पछिल्लो अपडेट अनुसार आज बिहान १० बजेसम्म उक्त आइपिओमा ९ लाख १४ हजार ४३ जनाले एक करोड एक लाख आठ हजार ७० कित्ताका लागि आवेदन दिएका छन् जुन माग भन्दा करिब १६ गुणा बढी हो ।

यस आइपिओको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button