बुलेट बाइकसहित नालीमा खस्दा एक जनाको मृत्यु

मोरङमा बुलेट बाइकसहित नालीमा खसेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

मोरङको सुन्दरहरैचा-५ स्थित बाँसबारी चोकमा हिजो राति मोटरसाईकल दुर्घटनामा परि स्थानीय शिवनाथ आचार्यको ज्यान गएको हो । प्रदेश-१ ०२-०५० प ८०८४ नम्बरको बुलेट बाइकसहित उनको शव पानीमा डुबेको अबस्थामा आज बिहान स्थानीयले फेला पारेका थिए ।

प्रारम्भिक अनुसन्धानले बाइक दुर्घटना पश्चात पानीमा डुबेर उनको ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे पोस्टमार्टम पछि यकिन थाहा हुनसक्ने प्रहरीको भनाई छ ।प्रहरीले थप अनुसन्धान जारी रहेको पनि बताएको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button