
करिब ७ महिना नेपाल भित्रिएको इकोबिट विद्युतीय स्कुटरले मनसुन अफरस्वरुप हरेक मोडेलमा रु २१ हजारको छुटको व्यवस्था गरेको छ ।
कम्पनीले यहि असार ८ गते देखि लागु हुने गरी मनसुन अफरको शुरुवात गरेको हो । अफरअन्तर्गत कम्पनीले एक वर्षको कर र बिमा शुल्कसमेत गरिदिने साथै हरेक स्कुटरको खरिदमा एउटा हेलमेट पनि निःशुल्क दिने बताएको छ । कम्पनीले आफ्ना विद्युतीय स्कुटरहरु निक्कै बलिया र आकर्षक रहेको दाबी गरेको छ । मनसुन अफर यहि असार मसान्तसम्म लागु हुने पनि कम्पनीले जनाएको छ ।
इकोविट ब्राण्डका विभिन्न ५ मोडेलका स्कुटरहरु नेपाली बजारमा उपलब्ध रहेका छन् । कम एम्पिएर आवरदेखि उच्च एम्पिएर आवर क्षमतामा ब्याट्री, हब अथवा साइड मोटर, भोल्टेज, क्षमता आदि विशेषता हेरेर आफ्नो आवश्यकता र रोजाईको स्कुटर खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
मनसुन अफरपश्चात इकोबिट विद्युतीय स्कुटरको सबैभन्दा सस्तो मोडेलको स्कुटरको मूल्य एक लाख ५५ हजार तथा सबैभन्दा महङ्गो मोडेलको स्कुटरको मूल्य पाँच लाख नौ हजार रुपैयाँसम्म पर्न जानेछ । डबल र सिङ्गल ब्याट्री भेरियन्टका हिसाबले पनि मूल्यमा फरक पर्ने कम्पनीको भनाई छ ।