पोखरामा गण्डकी प्रदेशस्तरीय आर्बिटर तालिम शुरु

पोखरामा शुक्रबारदेखि राष्ट्रिय आर्बिटर तालिम शुरु भएको छ । गण्डकी प्रदेश खेलकुद परिषद् र गण्डकी प्रदेश चेस संघको आयोजनामा तालिम शुरु भएको हो । तालिमको गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य ऋषिराम गौतमले उद्घाटन गरे ।

उनले पोखरामा चेस प्रतियोगिता गर्दा आर्बिटर अभाव हुने गरेमा अब त्यसको समस्या समाधान हुने बताए । कार्यक्रममा गण्डकी प्रदेश चेस संघका अध्यक्ष युवराज भण्डारीले यस क्षेत्रमा चेस खेलको विकासका लागि तालिम उपयोगी हुने बताए ।

दुई दिन सम्म सञ्चालन हुने तालिममा अन्तर्राष्ट्रिय आर्बिटर उमेश केसीले तालिम दिएका छन् । केसीले दुई दिने तालिममा राष्ट्रिय तथा अन्तराष्ट्रिय नियमहरु सिकाउने बताए । तालिममा गण्डकी प्रदेशका ८ जिल्लाका २० जनाको सहभागिता रहेको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button