पोखरा-६ बैदामको सुलभ डिपार्टमेन्ट स्टोर परिसरमा शुक्रबार देखि पोखराको ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेको अर्गानिक कृषि उत्पादन बिक्री सुरु भएको छ ।
पोखरा महानगरपालिकाद्धारा संचालित कृषि एम्बुलेन्स मार्फत संकलित स्थानीय कृषि उपज हरेक शुक्रबार सुलभ डिपार्टमेन्ट स्टोर परिसरबाट बिक्री हुने गरी सुरु भएको हो । किसानले उत्पादन गरेका तरकारी लगायत उत्पादन सोझै उपभोक्ता माझ पुर्याउन सजह होस भन्ने उद्देश्यले सुलभ उपभोक्ता सहकारी संस्था लिमिटेडले संञ्चालन गरेको सुलभ डिपार्टमेन्ट स्टोर परिसरमा कृषि उत्पादन बिक्री कक्ष स्थापना गरेर संञ्चालनमा आएको सहकारीका अध्यक्ष गोपीबहादुर भट्टराइले बताए । प्रत्येक शुक्रबार दिउँसो ४ बजे देखि ७ बजे सम्म किसानले आफ्नो उत्पादन सोझै उपभोक्तालाई बिक्री गर्ने छन् ।
किसानले उत्पादन गरेको तरकारी, फलफुल, माछा, कुखुरा, अण्डा, खसी समेत किसानले नै उपभोक्ता सम्म पुर्याउने गरि बिक्री गर्न सहजीकरणको रुपमा बिक्री कक्ष स्थापना गरेर संञ्चालनमा आएको कर्याक्रमका संयोजक गणेश पहारीले बताए । सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत किसानको उत्पादनलाई उपभोक्ता सम्म पुर्याउन सहजीकरण गरेको सहकारीका प्रवन्ध निर्देशक लक्ष्मण बरालले जानकारी दिए । सहकारीले खाद्यन्न लगायत उपभोग्य समाग्रि बिक्री गर्ने गरी डिपार्टमेन्ट स्टोर संञ्चालनमा ल्याएकोमा अब किसानको उत्पादन किसान आफैले उपभोक्तालाई बिक्री गर्ने कक्ष निशुल्क उपलब्ध गराएको हो ।
पोखरा ६ फेवाताल किनारको बैदाममा क्षेत्र महानगरपालिकाकै सबैभन्दा कम कृषि उत्पादन हुने वडा र सबैभन्दा बढी उपभोग हुने पर्यटकीय क्षेत्र समेत भएकोले डिपार्टमेन्ट स्टोर परिसरको बिक्री कक्ष किसानकालागि निकै उपयोगी हुने पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताएन। पोखरेली किसानले उत्पादन गरेको ताजा तरकारी सोझै उपभोक्तामा पुग्ने हुँदा उपभोक्ताले सुलभ र स्वस्थ्य तरकारी उपभोग गर्न पाउने पनि उनले बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution