उपप्राध्यापक प्रेम चलाउनेले तोडे अनशन

सर्वोच्च अदालतले आफूमाथि हमला गर्नेहरुविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयलाई रोक लगाइदिए पछि त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले शुक्रबार अनशन तोडेका छन् ।

पाँच दिनदेखि अनशन बसिरहेका चलाउनेलाई चितवनकी होमकुमारी बरालले दही खुवाएर अनसन तोडाएकी हुन् । सरकारले हमलाकारीविरुद्धको मुद्दा फिर्ता लिएपछि चलाउने सर्वोच्च जानुका साथै त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय अगाडि अनशन पनि बस्दै आएका थिए ।

सर्वोच्चले हिजो बिहीबार चलाउनेको पक्षमा फैसला सुनाउदै सरकारलाई मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न आदेश दिएको थियो ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button