प्राक्टिकल गर्न गएका इन्जिनियर तमोर नदीमा खसेर बेपत्ता

प्रयोगात्मक अभ्यास गर्न धनकुटा पुगेका इन्जिनियर तमोर नदीमा खसेर बेपत्ता भएका छन् ।

मोरङ जिल्लाको बेलबारी नगरपालिका-११ लक्ष्मीमार्ग घर भएका २३ वर्षीय सिद्धार्थकुमार खत्रीलाई शुक्रबार अपराह्न तमोर नदीले बगाएको हो । मोटरेबल पुल निर्माणका लागि नापजाँच गर्ने क्रममा ढुङ्गामा चिप्लिएर खत्री नदीमा खसेको जनाइएको छ ।

उनीसँगै गएका साथीले प्रहरीलाई खबर गरेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयले खोजतलास गर्दा पनि उनलाई फेला सकिएको छैन ।

 

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button